चौकीभित्रै पसेर नाइजेरियामा सात प्रहरीको हत्या


२६ बैशाख २०७८, आईतवार
118433699 nigeriaafp

काठमाडौं, २६ बैसाख । नाइजेरियामा बन्दुकधारी समूहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा कारमा आएका सो समूहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार गर्दै दुई वटा प्रहरी चौकीमा प्रवेश गरी हत्या गरकोे हो ।

मृत्यु हुने सबै सुरक्षाकर्मी रहेको समाचारमा जनाइएको छ । यस्तै प्रहरीको कारबाहीमा दुई जना बन्दुकधारी मारिएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । गत साता नाइजेरियाकै अन्य प्रहरी चौकीमा बन्दुधकारीको समूहले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७