कोरोनाबाट त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको निधन


२६ बैशाख २०७८, आईतवार
thumb 1 3

रुकुम पश्चिम, २६ बैसाख । कोरोना भाइरस संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ ।

कामको सिलसिलामा वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले जानकारी दिइन् ।

केही व्यक्तिगत र केही कार्यालयको कामका लागि भनेर मेयर काठमाडौं गएको उनको भनाइ छ । काठमाडौंमा उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको हो । केही दिन पहिला स्वास्थ्यमा समस्या आएका बुढामा पछि भने कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७