गणेशमानसिंह अस्पतालले भन्यो : अक्सिजन सकियो, बिरामी भर्ना लिन सकिंदैन


२६ बैशाख २०७८, आईतवार
Ganeshman Singh Memorial Hospital

काठमाडौं, २६ बैसाख । ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमानसिंह मेमोरियल अस्तालमा अक्सिजन अभाव भएको छ ।
अस्पतालले विज्ञप्ति निकालेर कोरोनाका बिरामीको लागि अक्सिजन अभाव भएको र भर्ना भएका बिरामीलाई अरु अस्पतालमा सार्ने प्रयास भइरहेको जानकारी दिएको छ । यस्तै नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो चुनौतीपूर्ण अवस्थामा अक्सिजन उपलब्ध गराएर सहयोग गरिदिन गणेशमानसिंह मेमोरियल अस्पतालले अनुरोध गरेको छ । हिजो पनि मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालले पनि अक्सिजन सकिएको भन्दै संयुक्त रुपमा आकस्मिक विज्ञप्ति निकालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७