गोली प्रहार गरी अमेरिकामा एक नेपाली युवाको हत्या


२६ बैशाख २०७८, आईतवार

काठमाडौं, २६ बैसाख । अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो ।

गोली प्रहारबाट संखुवासभाको खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनी समेत भएको छ ।

घिमिरेले विद्यार्थी हुन् । उनका काका कप्तान घिमिरेका अनुसार उनले केही समय अघि मात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए । आगजनी तथा गोली प्रहारबाट घिमिरेसहित ४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७