देउवासँग डेढ घण्टा छलफल गरेर बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो


२६ बैशाख २०७८, आईतवार
mahantha rajendra

काठमाडौं, २६ बैसाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो भर्खरै बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गर्दै डेढ घण्टा समसायिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । अहिले नेतारुको राजनीतिक भेटघाट तीव्र बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतोलाई समेत लिएर काङ्ग्रेस सभापति देउवासंग डेढ घण्टा छलफल गरेका हुन् । देउवाको बूढानीलकण्ठ निवासमा तीन नेताबीच बिहान ९ देखि साढे ११ बजेसम्म छलफल भएको थियो ।

जसपाकै कारण बहुमत सांसदको हस्ताक्षर बुझाउन रोकिएका देउवासँग ठाकुर र महतोको भेट महत्वपूर्ण हुने देखिन्छ । अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका ठाकुर र महतो पछिल्लो समय देउवासँग वार्तामा सहभागी हुन थालेका छन् ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीलाई हटाएर कांग्रस, माओवादी, जसपा र एमालेका असन्तुष्ट पक्ष मिली नयाँ गठबन्धन बनाउने पक्षमा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७