ओम अस्पतालले पनि भन्यो, ‘अक्सिजन छैन, थप कोरोना संक्रमित भर्ना गर्न सक्दैनौं’


२६ बैशाख २०७८, आईतवार
om hospital 21620545982
Om Hospital & Research Centre, Kathmandu

काठमाडौं, २६ बैसाख । काठमाडौंस्थित ओम अस्पतालले पनि अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको छ ।

अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्सलगायतका मानव संशाधन पर्याप्त भए पनि अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो । सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै पनि थप बिरामीको उपचार गर्न असमर्थ रहेको अस्पतालले बताएको छ ।
हेनुस् सूचना

lt

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७