सुन्दरीको एक ट्वीटले कम्पनीलाई करोडौंमा डुबायो


१२ फाल्गुन २०७४, शनिबार
Kylie Jenner 5a9026229575b2.83609612

तपाईले सामाजिक सञ्जाल र सेलिब्रेटीहरुको शक्तिबारे कति बुझ्नु भएको छ ? तपाईँले कहिले सुन्नु भएको छैन होला कुनै एक सेलिब्रेटीले गरेको एउटा ट्विटबाट कुनै कम्पनीको अर्बौँ डलर डुबेको समाचार ।Kylie Jenner 5a9026229575b2.83609612

तर यस्तै एउटा आश्चर्यजनक घटना अमेरिकामा भएको छ । एउटा टेलिभिजनको रियलिटी स्टार काइली जेनरले केबल एक ट्वीट गर्दा चर्चित प्रविधि कम्पनी स्न्यापच्याटको मातृ कम्पनीले १.३ अर्ब डलर (करिब एक खर्ब ७० अर्ब रुपैयाँ) गुमाउनुपरेको छ । समाचार अनुसार काइली जेनरले बिहीबार एउटा ट्विट गरेकी थिइन् । जसमा उनले लेखेकी थिइन्, ’अब के मैले जस्तै अरु पनि स्न्याप च्याट प्रयोग गर्दैन कि केबल म मात्रै हुँ ?’ यो ट्विट उनका २.४५ करोड फलोअर्ससम्म पुगेपछि स्न्याप च्याटको दशा सुरु भयो । उनका फलोअरले पनि स्न्यापच्याट र यसको डिजाइनलाई लिएर आक्रोशपूर्ण ट्विट गर्न थाले ।

यसको असर यति डरलाग्दो देखियो कि स्न्यापच्याटको मातृ कम्पनी स्न्याप इन्कको सेयर बिहीबार केही मिनेटमै ८ प्रतिशतसम्म घट्न पुग्यो । यसले स्न्याप इन्कका लगानीकर्तालाई ठुलो झट्का दियो, उनीहरुले सेयर बजारबाट अर्बौ रुपैयाँ केही बेरमै गुमाए । यसका कारण केबल केही मिनेटमै कम्पनीले १.३ अर्ब डलर (करिब एक खर्ब ७० अर्ब रुपैयाँ) को नोक्सानी भोग्नु प¥यो । विश्वचर्चित स्न्यापच्याटको नयाँ डिजाइनलाई उसका प्रयोगकर्ताले मन पराइरहेका थिएनन् ।

यसको विरुद्ध १० लाख भन्दा धेरै मानिसले पीडित भएको भन्दै हस्ताक्षर नै संकलन गरेका थिए । यसमा उनीहरुले स्न्यापच्याटलाई नयाँ डिजाइन तत्काल फिर्ता लिन अपिल गरेका थिए । पहिलो ट्विटले झण्डै धरासायी भएको स्न्यापच्याटलाई राहत दिँदै केही सेकेन्डमै काइली जेनरले अर्को ट्विट पनि गरिन् । तर पहिलो ट्विटले नै स्न्याप च्याटका लगानीकर्ताको ढाड खुस्काइसकेको थियो । उनले दोस्रो ट्विटमा लेखिन्, ’अझै पनि तिमीसँग माया बसेको छ स्न्याप, मेरो पहिलो माया ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७