४,०२२ कोरोना संक्रमित निको, ८,८५० जना नयाँ थपिए, ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४,१९८ जना संक्रमित


२६ बैशाख २०७८, आईतवार
korona

काठमाडौं, २६ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८,८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८,७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८,८५० पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र ४,१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३,१६१ जना काठमाडौं जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा ४,०२२ जना कोरोनामुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७