माधव नेपाल र ओली पक्षबीचको वार्ता सकियो : भएन ठोस सहमति


२६ बैशाख २०७८, आईतवार
MK Nepal and oli team meeting

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीच वार्ता सकिएको छ । ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता नेपाललाई भेटेर वार्ता गरेका हुन् ।

भेटपछि सुवास नेम्वाङले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका बताए । भेटपछि सुवास नेम्वाङले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका बताए । तर छलफलमा कुनै ठोस सहमति भने हुन नसकेको उनको भनाई छ । अध्यक्ष ओली र नेता नेपालबीच आजै वार्ता हुने सम्भावना रहेको पनि उनले बताए ।

पौडेल र नेम्वाङसँगको वार्ता लगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरवारमा सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७