इङ्लिस प्रिमियर लिग फुटबल : म्यानचेस्टर युनाइटेड विजयी


२७ बैशाख २०७८, सोमबार
football BNfFdQBEpS scaled

काठमाडौं, २७ बैसाख । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । एस्टन भिल्ला ४८ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गतकै गए राति भएको खेलमा उल्भ्सले ब्राइटनलाई २–१ ले हराएको छ भने आर्सनलले वेष्ट ब्रुमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, वेष्ट ह्याम एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७