पूर्व प्रधानमन्त्री खनाल कोरोना संक्रमणमुक्त


२७ बैशाख २०७८, सोमबार
jhalanatha khanal

काठमाडौं, २७ बैसाख । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल एक साताको उपचारपछि कोरोना संक्रमण मुक्त भएका छन् ।

नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले भने, ‘डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ, उहाँको स्वास्थ्य सुधार हुँदै आएको छ । ‘केही दिनमै अस्पतालबाट डिस्चार्ज भइ नियमित राजनीतिक गतिविधिमा सक्रिय हुनु हुनेछ’, भट्टराईले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७