प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट प्रयोगमा आएन


२७ बैशाख २०७८, सोमबार

जाजरकोट, २७ बैसाख । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए । ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए ।

शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनियर दुई जना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ । हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शैंया पाइपमार्फत अक्सिजन दिन सकिने डा. मेलिना हमालले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७