बाबुरामले औंल्याए प्रधानमन्त्रीबाट ओलीलाई आजै विदा गर्नुपर्ने चार कारण


२७ बैशाख २०७८, सोमबार

काठमाडौं, २७ बैसाख । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज (सोमबार) संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुपर्ने बताएका छन् । उनले विभिन्न चार कारण औंल्याउँदै ओलीलाई विश्वासको मत दिन नहुने जनाएका छन् ।

डा. भट्टराईले आज बिहान ट्वीट गर्दै ओली सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको आरोप लगाएका छन् । त्यस्तै ओलीले संविधानविपरीत संसद् विघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप–औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भट्टराईले उल्लेख गरेका छन् ।

‘ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारणः १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको २.संविधानविपरीत संसद् विघटन गरेर र २–३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको; ३. संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको; ४.खोप–औषधि खरिदमा समेत भ्रष्टाचार गरेको !,’ उनले ट्वीट गरेका छन् ।

जसपाको भट्टराई र उपेन्द्र यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले पनि ओलीलाई विश्वासको मत नदिने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७