माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु, प्रचण्डले ‘ब्रिफिङ’ गर्दै


२७ बैशाख २०७८, सोमबार
prachanda1

काठमाडौं, २७ बैसाख । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । माओवादीले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । तथापी संसद् बैठकअघि संसदीय दलको बैठक बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गरिरहेको सांसद देवेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७