कोरोेनाबाट कांग्रेसको पूर्व जिल्ला सभापति कार्कीको निधन


२७ बैशाख २०७८, सोमबार
karki2021 05 10 12 01 40

ओखलढुङ्गा, २७ बैसाख । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षको उमेरमा निधन भएको हो । कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए । उनले प्रतिबन्धितकालमा पटक पटक जेल जीवन समेत बिताएका थिए । कार्कीले प्रजातन्त्र प्राप्तिको विभिन्न आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

यसैबीच कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ ।

कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपुरणीय क्षति भएको भन्दै ७ दिन सम्म पार्टीको आधा झण्डा झुकाउने र ५ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७