नेपाल–खनाल पक्षका सांसदहरूसँग विष्णु पौडेल छलफलमा


प्रकाशित मिति : May 10, 2021

काठमाडौं, २७ बैसाख । एमालेको नेपाल–खनाल समूहले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि पार्टीका स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेलले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टसँग छलफलमा जुटेका छन् ।

ओली पक्षका नेता पौडेल र नेपाल–खनाल पक्षका सांसद्हरुबीच छलफल भइरहेको छ । उनीहरु एमाले संसदीय दलको कार्यालयमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्