सिंहदरबारमा देउवा र प्रचण्डबीच गोप्य छलफल


२७ बैशाख २०७८, सोमबार
prachanda deuwa

काठमाडौं, २७ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा गोप्य छलफल भएकाे छ । कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच भएकाे छलफल भर्खरै सकिएको छ ।

एमालेको खनाल–नेपाल पक्षका सांसदहरुले प्रतिनिधिसभामा उपस्थित नहुने र सांसद पदबाट पनि राजीनामा नदिने निर्णय गरेपछि देउवा र दाहालबीच छलफलमा जुटेका हुन् ।

बैठकमा वर्षमान र बालकृष्ण खाँड पनि सहभागी छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । अहिले सांसदहरु संसद भवनमा धमाधम भेला हुन थालिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७