प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


प्रकाशित मिति : May 10, 2021

काठमाडौं, २७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नदिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्