संसद वैठक शुरु हुना साथ १५ मिनेटका लागि स्थगित


प्रकाशित मिति : May 10, 2021

काठमाडौं, २७ बैसाख । संसद बैठक शुरु हुना साथ १५ मिनेटका लागि स्थगित भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।

सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा नेताहरुले बोल्ने छन् । अनि विश्वासको मतमा मत विभाजन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्