जनमोर्चाद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता


२७ बैशाख २०७८, सोमबार
thumb 1 4

पोखरा, २७ बैसाख । राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मौखिम रुपमा वैशाख १ मा फिर्ता लिएको बता एपनि आधिकारिक रुपमा सोमबार फिर्ता लिएको हो । प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको छ । निर्णयक भूमिकामा रहेको राजमोले वैशाख १ मा गण्डकी र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो ।

गण्डकीमा राजमोका ३ सांसद छन् । बिहान ११ बजे बसेको राजमोको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको सचिवालयले जनाएको छ । राजमोका महासचिव मनोज भट्ट, प्रदेश अध्यक्ष शंकर बराल लगायतको सहभागीतमा बसेको बैठकले नयाँ सरकार गठनको लागि विपक्षी दल कांग्रेस, माओवादी र जसपालाई सघाउने निर्णय गरेको छ । राजमोले ३ बजेभित्र हस्ताक्षर बुझाउने बताएको छ ।

मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले आइतबार नै राजीनामा दिएका छन् । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथी आज मतदान हुने कार्यक्रम थियो । चार दलको गठबन्धन भएमा गण्डकीमा बहुमत पुग्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७