संसद अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य


२७ बैशाख २०७८, सोमबार
Parliment house samsad bhawan 3 scaled

काठमाडौं, २७ बैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् । आज बसेको संसद बैठकमा सभामुख अग्नी सापकोटाले आगामी ३० गतेका लागि अर्को बैठक बोलाएका थिए।

यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरेकी थिइन् । संसद्‌बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७