२०७८ बैसाख २८ गते मंगलबारको तपाईको राशिफल

सौभाग्य चतुश्पथ भरणी, मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)


२८ बैशाख २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घरमा शुभकार्यको चर्चा चल्ने छ । अनुहारमा चमक र मन प्रसन्न रहला । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्ने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्राविधिक कार्यमा सफलता मिल्ने छ । बोलीको प्रभाव पनि बढ्ने छ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्ने छ सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कार्य सम्पादनमा केही सहजता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज राजनैतिक कार्यमा सफलता मिल्ने छ । नयाँ योजना र शुभकार्यको चर्चा चल्ने छ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७