बर्नलीसँग पराजित भएपछि फुलहम रेलिगेसनमा


२८ बैशाख २०७८, मंगलवार
thumb 5

काठमाडौं, २८ बैसाख । बर्नलीसँग पराजित भएपछि फुलहम इङलिस प्रिमियर लिगबाट सोमबार रेलिगेसनमा परेको छ । लिगमा तीन चरणका खेल बाँकी छँदै फुलहम दोस्रो डिभिजनमा झर्ने निश्चित भएको हो । बर्नली २–० ले विजयी रह्यो ।

यसअघि सेफिल्ड युनाइटेड र वेस्ट ब्रुम पनि रेलिगेसनमा परिसकेका छन् । यससँगै च्याम्पियनसिप लिगमा झर्ने तीन टिमको समीकरण पूरा भएको छ । फुलहमले तीन खेल खेल्न बाँकी छँदा सुरक्षित स्थानबाट १० अंकले पछाडि रह्यो ।

बर्नलीको जितमा एस्ली वेस्टउड र क्रिस डले गोल गरे । यससँगै बर्नली लगातार छैटौं सिजन प्रिमियर लिगमा कायम रहन सफल रह्यो । जितपछि टोली ३९ अंकसहित लिग तालिकाको १४औं स्थानमा पनि उक्लेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७