अक्सिजनको तोकियो कोटा, सबैभन्दा धेरै वीर अस्पताललाई (सूचीसहित)


२८ बैशाख २०७८, मंगलवार
bir hospital new

काठमाडौं, २८ बैसाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ । कोरोना संक्रमितहरुका लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासो आएपछि सीसीएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको हो ।

सीसीएमसीको निर्देशन अनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउने छन् । सीसीएमसीको निर्देशन अनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउनेछ ।

यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर पाउने छ । यस्तै काठमाण्डौ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरको कोटा पाएका छन् ।
सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७