उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, थप कडाइ गरिने


२८ बैशाख २०७८, मंगलवार
jakaranda ज्याकारान्डा 11 scaled

काठमाडौं, २८ बैसाख । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्ब्याइने भएको छ । आज (मंगलबार) काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजको बैठकले आउँदो जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । ‘हामीले १५ दिनका लागि निषेधाज्ञा जारी गरिसकेका छौं । अब तीनवटै जिल्ला प्रशासनका प्रजिअको हस्ताक्षण गर्न बाँकी छ । त्यसपछि सार्वजनिक गर्नेछौं’, प्रजिअ पराजुलीले भने ।

यसअघि, वैशाख २९ गते बुधाबारसम्मका लागि जारी गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । वैठकमा अहिलेसम्मको निषेधाज्ञाको समीक्षा हुनुका साथै कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै थप कडाइ गरिने जनाइएको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७