‘उत्तर कोरिया विरुद्ध अमेरिकाको व्यापक साइबर हमला’


१२ फाल्गुन २०७४, शनिबार
USA VS North Korea

उत्तर कोरिया, १२ फागुन : अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ ।

USA VS North Korea

उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा ‘अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको’ बताइएको छ ।

अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था अहिले साइबर हमलाको तयारीमा रहेका र यसका लागि अमेरिकाको अर्बौ डलर बराबरको खर्च गरिन लागेको दावी उत्तर कोरियाको छ । यसका लागि विज्ञहरूलाई तालिमसमेत दिइसकिएको उत्तर कोरियाले जनाएको छ ।

एनबिसी, ब्लुमवर्ग न्यूज तथा वासिङ्टन पोष्टजस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतङ्क’ र यसका कारण अमेरिकालाई उत्तर कोरियाबाट ‘खतरा’ बारेमा लेखेका कारण प्योङयाङविरुद्धको अमेरिकी कदम व्यवहारिक कार्यान्वयनको चरणमा रहेको उत्तर कोरियाली अधिकारीले बताएका छन् ।

अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो सङ्ख्यामा साइबर युद्ध विज्ञलाई पठाइएको केसिएन्एले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७