काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा कोभिड विरामीको मात्र उपचार गरिने

दैनिक १५ हजार सिलिन्डर अक्सिजनको खाँचो, उत्पादन १० हजार मात्रै


२८ बैशाख २०७८, मंगलवार
health

काठमाडौं, २८ बैसाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

सरकारीसँगै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । अर्यालले आज पत्रकार सम्मेलनमार्फत् संक्रमितको संख्या उच्च भएकाले अक्सिजन आपूर्तिमा सरकारलाई चुनौति थपिएकाले भारत सरकारसँग लिक्विड अक्सिजन उत्पादन बढाउनेबारे छलफल भइरहेको पनि बताए ।
माग भन्दा आधा मात्र अक्सिजनको आपूर्ति
सचिव अर्यालका अनुसार हाल दैनिक १५ हजार सिलिन्डरसम्म अक्सिजन आवश्यक परेको बताए । तर अक्सिजन उद्योगले दिनमा १० हजार सिलिन्डर मात्र रिफिल गर्न सक्ने उनले जानकारी दिए । अस्पतालहरुको प्लान्टबाट दिनमा दुई हजार सिलिन्डर आपूर्ति भइरहेको उनको भनाइ छ ।

अक्सिजनको आवश्यकता पूरा गर्न तत्काल आयात गर्नुको विकल्प नभएको पनि सचिव अर्यालले बताए । ‘हामीले तत्काल अक्सिजनको उत्पादन र आया बढाउनुपर्छ, लिक्विड अक्सिजनको प्रयोग गर्नुपर्छ’ उनले भने ।

चीनबाट एयर लिफ्ट गरेर २००० अक्सिजन सिलिन्डर ल्याउने र १० वटा लिक्वीड अक्सिजन खरिदका लागि बोलपत्र आह्वान भइसकेको पनि सचिव अर्यालले बताए । अक्सिजन आयात गर्नेका लागि सरकारले भन्सार छुट गरेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७