अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द


२८ बैशाख २०७८, मंगलवार
nepal airlines 1 scaled
फाइल फोटो

काठमाडौं, २८ बैसाख । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय थपेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुई वटा उडान भने कायम रहने छ । नेपाल एयरलाइन्स र एयर इण्डियाले हप्तामा एक–एक उडान गर्नेछन् । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

E1GmO8CVkAYdZZR 6IXY3NoltC

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७