कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन


२८ बैशाख २०७८, मंगलवार
pashupati Chaulagain

काठमाडौं, कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।

चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली र लोकप्रिय नेताका रुपमा स्थापित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७