धजेन्द्र पुन हत्यामा संलग्न ५ जना पक्राउ


२८ बैशाख २०७८, मंगलवार
aeas

काठमाडौं, २८ वैशाख: म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ५ पुन थोकका धजेन्द्र पुनको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् । गत वैशाख १४ गते पुनको हत्यामा संलग्न भएकोले आरोपमा भेषबहादुर विक, रामबहादुर परियार पक्राउ परेको हो ।

उनहरूलाई हत्या गर्नमा सघाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । २७ वर्षीय धजेन्द्र पुन गत वैशाख १४ गते दिलबहादुर विकको विवाहको निम्तोमा गएका थिए । पुरानो रिसिबी रहेको कारण उनलाई एकान्तमा पारेर हमला गरेको पक्राउ परेका विक, परियार बताएका छन् । 

पुनलाई मार्ने उद्देश्य नरहे पनि कुटपिट गर्ने क्रममा अचेत भएको उनीहरूले बताए । अचेत भएपछि बराहनाथ मार्चुला सामुदायिक बनको ओडारभित्र करिब २० मिटर तल ढुङ्गाले पुरेको अवस्थामा शव फेला परेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राई जानकारी दिए ।

‘पोखराबाट विवाहमा म्यादी आएका भेषबहादुर विश्वकर्मा पुरानो रिसिबी लिई पुनलाई कुट्ने योजनासहित आएको देखिनछ’, उपरीक्षक राई भने, ‘विक विवाहसँग कुनै सम्बन्ध नभएको चार जना साथमा लिएर आएको देखिन्छ र एक जना मालिका गाउँपालिका म्याग्दीको रहेको छ ।’

हत्या गरिसकेपछि विक लगत्तै शव व्यवस्थापन पोखरा फर्केका थिए । उनलाई पोखराको एक ग्रिल उद्योगबाट र रामबहादुरलाई गाउँबाटै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७