२०७८ बैसाख २९ गते बुधबारको तपाईको राशिफल

सोभन किम्स्तुघ्नम कृत्तिका / ललितपुर मत्स्यन्द्रनाथ रथारोहण/ विश्व नर्स दिवस


२९ बैशाख २०७८, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनपर्ने खानेकुरा पाइने छ । प्रेमीको सहयोग पाइने छ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसुस हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्ने छ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घर परिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मन खिन्न हुने स्थिति आउने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होशियार रहनु पर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिने छन् । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७