बलिउडका चर्चित बलिउड नायिका श्रीदेवीको निधन


१३ फाल्गुन २०७४, आईतवार
1519518343shreedevi

एजेन्सी: चर्चित बलिउड अभिनेत्री श्रीदेवीको शनिवार हृदयघातका कारण युएईको दुबईमा असामयिक निधन भएको छ। उनी ५४ वर्षकी थिइन्। एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन।1519518343shreedevi

श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्। सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन्।

 

‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मक लागि चर्चित थिइन्। ‘जुदाई’मा काम गरेपछि उनले करिब १५ वर्ष अभिनयबाट ब्रेक लिएकी श्रीदेवी सन् २०१२ मा सबैको मन जित्दै ‘इङ्लिस भिङ्लिस’बाट अभिनयमा फर्केकी थिइन्। अन्तिम पटक उनले गत वर्ष ‘मम’ फिल्ममा काम गरिन्।

फिल्ममा दर्शकमाझ उनको जोडी विशेषगरी अभिनेता अनिल कपुरसँग चर्चित थियो। वास्तविक जीवनमा अनिल उनका देवर थिए। उनका अधिकांश सर्वाधिक सफल फिल्मका निर्माता पतिका फिल्मबाट पाएकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७