म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिग


२९ बैशाख २०७८, बुधबार
thumb 1 6

काठमाडौं, २९ बैसाख । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा मंगलबार लेस्टर सिटीसँग २–१ ले पराजित भएको छ र यससँगै म्यानचेस्टर सिटीले इङ्लिस घरेलु लिगको माथिल्लो डिभिजन जितेको छ । लेस्टरले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको यो सन् १९९८ यता पहिलो हो ।

यससँगै उसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । यो हारपछि लिगमा तीन चरणको खेल बाँकी रहेको बेला म्यानचेस्टर छिमेकी सिटी भन्दा १० अंक ले पछाडि रह्यो । लेस्टरका लागि कागलर सोयन्कुले निर्णायक गोल गरे ।

लुके थोमसले लेस्टरलाई सुरुवाती अग्रता दिलाएयता म्यानचेस्टरका लागि मेसन ग्रिनउडले बराबरी गोल फर्काएका थिए । पछिल्लो चार सिजनमा पेप ग्वार्डिओलाको सिटीले लिग जितेको यो तेस्रो पल्ट हो । यो जितपछि लेस्टर ६६ अंकमा तेस्रो स्थानमा रह्यो भने म्यानचेस्टरको ७० अंक छ । मंगलबारकै अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो र १४औं स्थानमा उक्लिन सफल रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७