ट्याक्सी दुर्घटना : चालकसहित दुई जनाको ज्यान गयो


२९ बैशाख २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बागलुङ, २९ बैसाख । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो बेलुका ८ बजे ध १ ज ५२८ नम्बरको ट्याक्सी अनियन्त्रित भएर पल्टिँदा ट्याक्सी चालकसहित दुई जनाको ज्यान गएको हो । दुर्घटनामा ट्याक्सी चालक बागलुङको बढिगाड गाउँपालिका–५ का ढालबहादुर भनेर चिनिने ३५ वर्षका गोकर्ण थापा र यात्रु ढोरपाटन–५ का ४० वर्षका जोकबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जोकबहादुरकी श्रीमती रतिकला विक भने घाइते भएको र उनलाई उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७