चिकित्सा शिक्षा आयोगले तोक्यो १७ कार्यक्रमको अध्ययन शुल्क, के पढ्न कति खर्च ? (सूची


२९ बैशाख २०७८, बुधबार
chikitsa sikshya aayog1620806605

काठमाडौं, २९ बैसाख । चिकित्सा शिक्षा आयोगले विभिन्न १७ वटा चिकित्सा शिक्षा अध्ययन कार्यक्रमको शुल्क सार्वजनिक गरेको छ ।

आयोगले आज सूचना जारी गरी एमबीबीएस, बीडीएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएचलगायत १७ कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो । शैक्षिक सत्र २०७७–७८ का लागि गत वर्ष कायम भइ लागु भइसकेका कार्यक्रमको भने शुल्क यथावत् राखिने आयोगले जनाएको छ ।

उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो ।

आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको जनाएको छ । आयोगको २०७७ माघ ९ गतेको निर्णयलाई नै यथावत रहेको सूचना जारी गर्दै जानकारी दिएको हो ।
के पढ्न कति खर्च ?

chikitsa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७