गण्डकीमा नयाँ सरकार : पोखरेललाई मुख्यमन्त्री बनाउने चार दलकाे प्रस्ताव दर्ता


२९ बैशाख २०७८, बुधबार
darta

पोखरा, २९ बैसाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी दर्ता गराएका छन् ।
गण्डकीमा नेपाली कांग्रेसका संसदीय दलका नेता नेता कृष्णचन्द पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर बहुतम सदस्यले पेस गरेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको हो ।

nepali pokharel dabi.jpg .2021 05 12

आज बुधबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन रहेको बहुमत प्रदेश सदस्यहरुको समर्थन लिएर प्रदेश प्रमुख समक्ष दाबी गर्ने भनी आह्वान गरिएको समय सीमाभित्र सो निवेदन दर्ता भएको हो । पत्रको दर्ता नम्बर १०८ रहेको छ । कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका हुन् । दलगत रूपमा प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरिएको छ । यद्यपि जनमोर्चाका एक सांसदले आफू तटस्थ रहेको बताएका छन् ।

आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने निश्चित भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७