कोरोना कहरकाबीच ९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो


२९ बैशाख २०७८, बुधबार
remitance Rh1uYYmPWF

काठमाडौं, २९ बैसाख । कोरोना कहरका बीच चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो ।

जब कि गत वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घट्न पुगेको थियो । राष्ट्र बैंकका अनुसार ९ महिनामा अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब ज्ञढ करोड पुगेको छ ।

सो अबसरमा बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६ दशमलभ ७ प्रतिशतले घटेको जनाएको छ भने, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलभ २ प्रतिशले बढेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७