ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ : भीम रावल

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ’


२९ बैशाख २०७८, बुधबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, २९ बैसाख । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजीनामाको निचोडमा पुगेको छ । उक्त समूहले सम्भवतः छिट्टै यसबारे निर्णय लिने बताइएको छ । त्यसको संकेत बुधबार बिहान घनश्याम भुसालले गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नसकिने प्रष्ट्याएका छन् ।

भीम रावल पनि त्यही मान्यतामा उभिएका छन् । उनले बुधबार माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ ।’

‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ’, उनले थप व्याख्या गरेका छन्, ‘यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’

एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् ।
तर, नेपाल पक्षभित्र सामुहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन । नेपाली कांग्रेससहितका विपक्षी दलले वैकल्पिक सरकार गठनका लागि नेपाल पक्षको राजीनामाको अपेक्षा गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७