एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिकै


३० बैशाख २०७८, बिहीबार
atletika hDDNR8Jfvm

काठमाडौं, ३० बैसाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए रातिको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ ।

गए राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । जितसँगै एट्लेटिकोको ८० अंक भएको छ र दोस्रो स्थानमा बार्सिलोना भन्दा ४ अंकले अघि छ । हिजोको जितले एट्लेटिको उपाधि नजिकै पुगेको छ ।

अब २ खेल जितेमा एट्लेटिको च्याम्पियन हुनेछ । एट्लेटिकोले सन् २०१४ यता उपाधि जितेको छैन् । उपाधि होड रोमाञ्चक भइरहेको ला लिगामा आजै ७५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

यस्तै इङ्लिस प्रिमियर लिगमा गए राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलले हराएको छ । आर्सनलको लागि स्मिथ रोवले गोल गरे । आर्सनल ५५ अंकका साथ आठौँ स्थानमा छ, चेल्सी ६४ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७