भारतले कोरोना महामारीलाई गलत पूर्वानुमान गर्दा अहिलेको नियति : डा. फाउची


३० बैशाख २०७८, बिहीबार
anthoni

काठमाडौं, ३० बैसाख । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ चिकित्सक एन्थोनी फाउचीले भारतले कोरोना महामारीको अवस्थालाई गलत पूर्वानुमान गरेकोले अहिलेको नियति भोगिरहेको धारणा ब्यक्त गरेका छन् ।

अहिले भारत महामारीको खतरनाक भूमरीमा परेको भन्दै उनले यसबाट उम्कन निकै समय लाग्ने बताए । महामारीकाबीच पनि संक्रमण समाप्त भएको भन्दै बन्द गरिएका क्षेत्रहरु पुन सुचारु गरेका कारण अहिलेको भयावह अबस्था आएको भोग्नु परेको डा फाउचीको भनाइ छ ।

भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य संकट उत्कर्षमा पुगेको छ । संक्रमितको उपचारको लागि अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव यथावत छ ।

यसैबीच भारतमा कोरोनाका संक्रमित बढेसँगै वैज्ञानिक अनुसन्धानमा थप सक्रियता बढाइएको छ । भारतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट सजिलोसँग फैलन सक्ने भन्दै वैज्ञानिकहरुले अनुसन्धानमा थप सक्रियता बढाएका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७