एक महिनामै देश ठप्प, अब चार जिल्लामा मात्र निषेधाज्ञा लगाउन बाँकी (सूची)


३० बैशाख २०७८, बिहीबार
kathmandu road 2 scaled

काठमाडौं, ३० बैसाख । बढ्दो कोरोना भाइरस महामारीका कारण अब निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या चार वटा मात्र बाँकी रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

भोजपुरमा गए रातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।

नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ । नेपालमा पछिल्लो हप्ताको तथ्याङ्क विश्लेषण गर्दा कोरोना संक्रमितको संख्या ५१ प्रतिशतले बढिरहेको छ ।

भारत भन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले जानकारी दिएकी छिन् । नेपालमा प्रति १० लाखमा तीन सय चार जना र भारतमा प्रति १० लाखमा दुई सय ४० मात्रै सङ्क्रमण दर रहेको छ । यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको ज्यान गइरहेको छ ।

निषेधाज्ञा लागू भएका जिल्लाको विवरण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७