सिन्धुपाल्चोकमा एकै दिन ७५ जनामा कोरोना संक्रमण


३० बैशाख २०७८, बिहीबार
korona

सिन्धुपाल्चोक, ३० बैसाख । सिन्धुपाल्चोकमा एकै दिन थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।

बुधबार एकै दिन चौतारा साँगाचोकगढीका २२, जुगलका ८, बलेफिका ५, बाह्रबिसेका २, लिसंखुपाखरका १३, भोटेकोशीका १, सुनकोसीका १३, हेलम्बुका १ र पहिचान नखुलेका १० सहित ७५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसहित संक्रमितको संख्या ५५६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ५०८ छ । हाल आइसोलेसनमा १४ जना रहेका छन् भने होम आइसोलेसनमा बसेका जिल्लामा ३४८ जना र जिल्ला बाहिर १४६ जना बसिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७