सांसदको राजीनामा रोक्न विष्णु पौडेल बिहानै पुगे नेपाल निवासमा


३० बैशाख २०७८, बिहीबार
madhav bishnu

काठमाडौं, ३० बैसाख । सरकार गठनका लागि विपक्षी गठबन्धन अन्तिम कसरतमा जुटिरहेका बेला नेकपा एमाले नेता विष्णु पौडेल आज (बिहीबार) विहानै वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।

अहिले वरिष्ठ नेता नेपाल र विष्णु पौडेलबीच कोटेश्वरमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । नेपाल पक्षको आजै जुम स्थायी समिति बस्ने तयारी भइरहेका बेला पौडेल नेपाललाई भेट्न गएका हुन् ।

नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन् । उनीहरुको राजीनामा रोक्न पौडेलले सक्रियता बढाएका हुन् । आजै नेपाल पक्षका सांसदहरूको राजीनामा नआए बहुमत सरकार दाबी गर्ने कांग्रेसको योजना असफल हुनेछ । पार्टीभित्रको विवाद समाधानका विषयमा अध्यक्ष केपी शर्मा ओली मौन बसेका कारण नेपाल–खनाल पक्ष राजीनामाको निष्कर्षमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७