भीमफेदीमा लोडर पल्टिँदा चालकको मृत्यु


३० बैशाख २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

मकवानपुर, ३० बैसाख । मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा एक जनाको ज्यान गएको छ ।
भीमफेदी गाउँपालिका–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

हेटौंडा सिमेन्टको खानीतर्फ जाने बाटो सम्याउँदै हेटौंडातर्फ आउँदै गरेको उक्त लोडर अनियन्त्रित भइ पल्टिएको थियो । लोडर सडकबाट करिब एक सय मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएका र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७