चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय, ओली–नेपालबीच फोन वार्ता


३० बैशाख २०७८, बिहीबार
madhav nepal bhim rawal surendra ghanshyam

काठमाडौं, ३० बैसाख । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय भएको हो । ‘उहाँहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय भएको छ, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अहिलेको अवस्थामा पार्टी एकता कामय राख्न लचकतासहित प्रस्तुत हुनु भएकाले एकताबद्ध एमाले बनाउन नयाँ आधार खडा भएको छ’ बैठकपछि एमाले नेता प्रदीय ज्ञवालीले भने ।

बैठक चलिरहेकै बीचमा ओली–नेपालबीच टेलिफोन वार्ता समेत भएको जानकारी दिँदै ज्ञवालीले उनीहरुबीच पार्टीलाई एकताबद्ध बनाउन छिट्टै वार्ता हुन लागिरहेको संकेत समेत गरे । बैठकले राष्ट्रिय राजनीतिक परिस्थितिलाई मूल्यांकन गर्दै पार्टी एकतासम्बन्धि सबै निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको छ ।

एकताको वातावरण बनाउन संस्थापन पक्षका उपमहासचिव विष्णु पौडेल, प्रवक्ता ज्ञवाली, गोकूल बाँस्कोटालगायतका नेताहरु हिजो रातिदेखि नै सकृय थिए । आज बिहान पौडेलले नेपालसँग कोटेश्वरस्थित निवासमै पुगेर अलग्गै छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७