सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु


३० बैशाख २०७८, बिहीबार
sagarmatha 1

काठमाडौं, ३० बैसाख । सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको छ । सेभेन समिट ट्रेकका अनुसार स्वीस र अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको हो ।

स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान गुमाएका छन् भने अमेरिकी नागरिक पूवई लिउको चौथो क्याम्पमा मृत्यु भएको छ ।

सन् २०२१ को वसन्त ऋतुको आरोहण केही दिन अघि मात्रै खुला गरिएको हो । बुधबार रातिसम्म १५० भन्दा धेरै आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । यो सिजनमा सगरमाथा आरोहणका लागि ४ सय भन्दा धेरैले अनुमति पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७