रोकिराखेको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


३० बैशाख २०७८, बिहीबार
death

झापा, ३० बैसाख । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७