ओली–नेपालबीच भेट तय, जेठ २ को अडान कायमै


३० बैशाख २०७८, बिहीबार
kp oli madhav nepal 1

काठमाडौं, ३० बैसाख । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि नेता नेपाललाई प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने । ओली–नेपालबीच भेटवार्ता हुन लागेको नेता भीम रावलले समेत बताएका छन् ।

बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधवकुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पारेका छन् ।
‘अबको एकाध घण्टामा ओली र नेपालबीच वार्ता हुन्छ, कुरा मिल्यो भने ठीकै छ, नभए हाम्रोतर्फबाट सामुहिक राजीनामा आउँछ,’ माधव नेपाल निकट स्रोत भन्छ ।

यसैबीच, आजै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राखेका थिए । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेको छ । सार्थ माधव पक्षसँग सहमति गर्ने सम्पूर्ण अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ । उता माधवकुमार नेपालले पनि केपी ओलीसँग वार्तामा बस्नुअघि कानुनविदहरुसँग परामर्श गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७