ठाकुर–महतोलाई भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक


३० बैशाख २०७८, बिहीबार

काठमाडौं, ३० बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटे लगत्तै देउवाले निवासमै ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।

राष्ट्रपतिले दिएको समय सकिन लागेका बेला सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।
भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७