ओली र नेता नेपालबीच क्याप्टेन रामेश्वर थापाको घरमा भेटवार्ता शुरु


३० बैशाख २०७८, बिहीबार
kp oli madhav

काठमाडौं, ३० बैसाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनके कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।

नेपाल पक्षले आज साढे चार बजेसम्ममा आफूहरुको माग सम्वोधन गर्न ओलीलाई माग गरेको छ । सो समयभित्र पनि माग सम्बोधन नभए राजीनामा दिने चेतावनी दिएको छ । उसले २०५२ जेठ २ गतेको संगठन संरचनामा फर्किनु पर्ने अडान राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७